top of page
Writer's pictureNational Farmers Federation Nepal

धानको न्युनतम मुल्य ३५ रूपैयाँ प्रतिकिलो हुने - देव

धान उत्पादनमा भएको गिरावटले किसान मर्कामा परेको जनगुनासोलाई सम्बोधन गर्दै कृषक अगुवा देव धवलले आफ्नो अधिकारीक ट्युटमा धानको न्युनतम मुल्य ३५.५० रूपैयाँ प्रतिकिलोग्राम हुनुपर्छ तर्क सर्बजनिक गर्नुभएको छ । नेपालमा यस बर्ष विभिन्न कारणले धान उत्पादनमा २५ देखि ४५ प्रतिशत सम्म उत्पादन कमि आएकोले धानबाली खेतीपातीमा लागत मुल्य बढ्न गएको हो । हुन त कुनै पनि प्रोड्क्सन कम्पनीले आफ्नो न्युनतम मुल्य निर्धारण गर्दा कुल लागतमा २०% थप नाफा समेत समावेश गरि न्युनतम मुल्य कम्पनीले आफै निर्धारण गर्नेगरेको पाईन्छ । तर कृषक समुयले उत्पादन गरेको कुनै वस्तुको मुल्य कृषकले लागतको आधारमा निर्धारण गरिएको छैनन् वा किसान निर्धारण गर्नापाउने व्यवस्थापन नभए त पनि सरकारले धानको समर्थन मुल्य निर्धारण गर्दा के को आधार गरेको हो भन्ने आफैं एउटा प्रश्न चिन्ह खाडा गरेको छ, किनकि १. गत बर्ष भन्दा यस बर्ष धानबाली उत्पादन लागतमा १५ देखि ५०% सम्म वृद्धि भएको छ । २. सिचाइ उचित व्यवस्थापन नहुदा बिभिन्न स्थानमा सुख्खा परेको छ, जसले गर्दा उत्पादन घटेको छ । ३. समयमा मल/बिउ आदि नपाउदा खेतीपाती समय गर्न नसकेकोले रोग/किराको प्रकोप बढेको छ । जसले गर्दा उत्पादनमा कमि आएको छ । ४. नेपाल सरकारले स्बिकृती दिएको धानबाली लगाउदा समेत धेरै कृषकको खेतमा धानको बाला समेत लागेको छैन , जसले गर्दा थप कुल ग्रस उत्पादनमा कमि आएको छ । यस्तै विभिन्न कारणले गर्दा समेत उत्पादन कमि हुनुको साथै उत्पादन लागत बढेको भए त पनि नेपाल सरकारले कुन आधारमा समर्थन मुल्यमा २०० मात्रै वृद्धि गरेको हो ?

देव धवलले आफ्नो ट्युटमा लेखिएको लेख: नेपाल सरकारले धानको लागि गरेको समर्थन मुल्यांकन एकदमै न्युनतम (कृषक समुदायलाई घाटा हुने खालको) भएको हुनले पुनः बिचार गरि कृषक समुदायले गरेको धानबाली खेतीपातीमा लागेको लागत तथा उत्पादनको आधारमा नेपाल सरकारकै निति-नियम अनुसार "कुनै बस्तुको उत्पादन वा बेचबिखन गर्दा खाना पाउने २०% नाफा सहितको धानबाली मुल्य निर्धारण गर्नुपर्ने भन्ने हाम्रो माग हो । यदि सरकारले यस्तो उचित मुल्य निर्धारित गर्ने हो भने कृषकले मोटो धानमा प्रतिकिलोग्राम नेपाली रूपैयाँ ३५.५०/- र मसिनो धानमा प्रतिकिलोग्राम नेपाली रूपैयाँ ३७.७५/- अनुमानि मुल्य प्राप्त गर्ने हुन्छन् । #DevDhawal अध्यक्ष राष्ट्रिय कृषक महासंघ - Nff Nepal
88 views0 comments

댓글


bottom of page