top of page
  • Writer's pictureकृषक सहयोगी खबर

केही विज्ञहरूले तयार परेको गोलभेडा ( टमाटर ) खेतीपाती बारे केही भिडियो सहित



गोलभेँडा नेपालको एक प्रमुख महत्वपूर्ण व्यवसायिक तरकारी बालीको रुपमा खेती गरिदै आएको छ । फल टिपेपछि कुन हदसम्म नोक्सान हुन्छ भन्ने कुरा बाली टिपाइ, टिपाई समय, प्याकिङ्ग, ढुवानी गर्ने तरिका र बजार व्यवस्थापनमा भर पर्दछ । नेपालमा गोलभेँडा टिपेपछि ४० प्रतिशतसम्म नोक्सानी हुने तथ्याङ्क पाइन्छ, त्यसैले गोलभेँडा टिपेपछि हुने क्षतिमा कमि ल्याउन तपशिलका क्रियाकलावहरुमा केही सजगता अपनाउन सकेमा धेरै हदसम्म नोक्सानी न्यूनिकरण गर्न सकिन्छ ।


टिप्ने तरिकाImage removed.

गोलभेँडाको तयारी फल टिपाइ तरिकाले व्यावसायमा ठूलो असर पार्छ । फललाई छिटो पकाउन भेट्नो हटाइ टिप्नुपर्छ र भेट्नो सहित टिपिएमा केही समय ढिला पाक्ने गर्दछ ।


गोलभेँडाको तल्लो भाग अलिअलि पहेलो भएमा टिप्न उपयुक्त मानिन्छ ।

धारिलो चक्कुले फललाई काट्दा बीउ नकाटिई चिप्लिएमा फल तयार भएको मानिन्छ ।

बजारको मागलाई ध्यानमा राख्दै फलको भेट्नो राख्ने वा नराख्ने यकिन गर्नुपर्दछ

टाढाको बजारको लागि गोलभेँडा छिप्पिएको हरियो अवस्थामा टिप्नु पर्दछ । नजिकको बजार तथा प्रशोधन प्रयोजनको लागि भने ठिक्क पाकेको अवस्था नै उचित हुन्छ ।

फल टिप्दा शित ओभाएपछि वा साझको समयमा फललाई चोटपटक नलगाई टिप्नु उचित मानिन्छ ।

वर्षातको समयमा टिप्नु हुँदैन साथै हावा नछिर्ने गरि थुप्रो बनाएर राख्नुहुन्न ।

ग्रेडिंग गर्ने तरिकाः


पानीले धोएर हावा लाग्ने छाँयादार स्थानमा फिजाई पानी ओभाउन दिने ।

परिपक्व हरियो, रङ्ग चढ्ने अवस्थाका गुलावी अवस्थाका र राता भै पाकेका फलहरु छुट्टयाउने ।

आकार, प्रकार, साइज तथा तौल अनुसार फलहरु छुट्टाउने ।

प्याकिंग गर्ने तरिका


प्याकिङ्गको लागि क्रेट, टोकरीको सतहमा पराल वा अन्य नरम पदार्थको प्रयोगले राखिएको सामाग्री सुरक्षित रहोस ।

कार्टुन, काठ वा प्लाष्टिक क्रेट जसले माथिल्लो क्रेटको तौलले तलको क्रेटलाई कुनै प्रकारको हानी नोक्सानी नपुर्याओस ।

क्रेट तथा टोकरी भित्र हावा छिर्न सकेमा कृषि उपजहरु लामोदुरी सम्म ओसारपसार गर्दा समेत कम क्षति हुन्छ ।

भण्डारण गर्ने तरिका


फलहरु केहि दिन भण्डारण गर्नुपर्ने भए घाम नलाग्ने चिसो कोठामा राख्ने गर्नुपर्छ ।

गोलभेँडा १२ देखि १५ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरियो भने ३ हप्ता सम्म राम्रो अवस्थामा राख्न सकिन्छ ।

गोलभेँडा १० डिग्री सेन्टिग्रेट देखी तलको तापक्रममा भण्डारण गरिएमा गोलभेँडा राम्ररी नपाकेको पाइन्छ ।

गोलभेँडालाई केही ढिलो पकाउन १५को क्यालसियम क्लोराइड झोलमा १५ मिनेट डुबाई छायाँदार हावामा सुकाई भण्डारण गर्नुपर्दछ ।

शुन्यशक्ति भण्डार गृह वा सुधारिएको सेलार स्टोरमा भण्डारण गर्न सकिन्छ ।

गोलभेडा पोष्टहार्भेष्ट व्यवस्थापन न्यूनिकरणका केही उपायहरु


उपभोक्ताको माग र आपूर्तिलाई ध्यान राखि उत्पादनमा जोड दिने ।

गोलभेँडा टिप्दा न्यूनतम होसियारी उपायहरु अपनाउने ।

टिपिसकेपछि सफा गर्ने र ग्रेडिङ्ग कार्यलाई नछुटाउने ।

छरितो साइज र फललाई सुरक्षित तरिकाले प्याकिङ्ग गरि ढुवानी गर्ने ।

भण्डार कोठा सफा, चिसो, सुख्खा तथा निर्मलीकरण गरिराख्ने । ख उत्पादन बढी भएको अवस्था वा बजारको मागलाई ध्यानमा राखि प्रशोधन कार्यमा जोड दिने ।



2 views0 comments
bottom of page