किसानलाई पेन्सन दिने तयारी
- National Farmers Federation Nepal
- Oct 12, 2019
- 1 min read

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले चालु आर्थिक वर्षभित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी सरकारले गरेको बताएका छन्।
किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचयपत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको पनि जानकारी समेत उनले दिएका छन्।

राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले किसानलाई परिचयपत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पारेका थिए।
ad
त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाइ छ। मन्त्री खनालले किसानलाई परिचयपत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पारे।
Comments