top of page

कृषक विकासको लागि जनप्रतिनिधिको अन्तक्रिर्या 

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Dec 20, 2019
  • 2 min read

पौष ४, नवलपरासी नेपाल कृषक हकहित तथा सम्मानको लागि काम गर्ने गैरसरकारी एवम् गैरराजनीतिक तथा मुनाफा रहित राष्ट्रिय कृषक महासंघ - नेपाल तथा कृषक सेवा समिति रूपन्देहीका आयोजना एवम् जिल्ला समन्वय समिति नवलपरासी सुस्त पश्चिमको सहकार्य स्थानीय तहका ( गाउँपालिका / नगरपालिका ) प्रमुख / अध्यक्ष सहित स्थानीय तहमै रहेको कृषि वा पशु शाखा प्रमुखहरूको उपस्थितिमा कृषक सहयोगी संस्था विस्तार कार्यक्रम अन्तरगत जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ree

यस अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जि.स.स. अध्यक्ष ( प्रमुख ) शिवशंकर प्रसाद राय सरले व्यनार पढेर एवम् सहयोगी साथी तथा सम्पुर्ण उपस्थितिले ताली बजाएर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । राष्ट्रिय कृषक महासंघका अध्यक्षको अध्यक्षतामा संचालन भएको यस कार्यक्रममा बोल्दै NFF Nepalको संस्थागत परिचय तथा यस महासंघले गर्ने काम सेवा बारे डिजिटल माध्यम वटा प्रोजेक्टको प्रयोग गरि सहभागीलाई बुझाउनु भएको थियो ।

ree

महासंघले अवधारणा लाएको कार्यक्रम "कृषक सहायता केन्द्र तथा कृषक अन्लाईन बुक एप"माथि अन्तक्रिर्या समेत गरिएको थियो जसमा जिल्ला समन्वय समितिका जि.स.अधिकृत कृष्ण प्रसाद गौतमले अन्तरक्रियाको क्रममा भैपरि आउने समस्य तथा योजना कार्यविधिमा हुन सक्ने कठिनाइलाई फोकास गर्नुभएको थियो भने रामग्राम नगरपालिका कृषि शाखा प्रा.स.ले तथा कृषक अगुवा देव धवलले त्यस्तो समस्यको ५ तरिकाले गर्न सकिने समाधानतर्फ जोड दिनुभएको थियो ।

ree

नगरपालिकालाई मुख्य समस्य बन्दै गएको छाडा पशु व्यवस्थापन बारे कार्यक्रम " कृषक व्यवसायीकारण अभियान " समबेश गरेको देेखेपछि उत्साहित हुदै सुनवल नगरपालिका अध्यक्ष कर्ण बहादुर सेनले छाडा पशुलाई के कसरी व्यवस्थापन गर्ने बिषयमा बढी चासो देखाउदै सु.न.पा.मा रहेको छाडा पशुलाई व्यवस्थापन गर्न राष्ट्रिय कृषक महासंघ नेपाललाई अनुरोध गर्नुभयो । साथै यस कार्यक्रम समय कम भएकोले सबै तर्क समेट्न नसकेकोमा उक्त कार्यक्रम नगरपालिका स्तरमा गरि सबैलाई सचेत बनाउने सल्लाह दिनुभएको थियो ।

ree

गाउँमा कृषकको संख्या अधिक रहेको नवलपरासी जिल्ला एक कृषक उपज युक्त क्षेत्र रहेको कुरालाई उजागर गर्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक) तथा सरावल गा.पा. अध्यक्ष राधेश्याम चौधरीले कृषक व्यवसायीकारण अभियान तथा एक वडा एक शुफत मुल्य एग्रो कार्यक्रममाथि चासो देखाउनुभएको थियो । कृषि कार्य गर्ने कृषक समुदायलाई एकदमै फाइदाजनक रहेको शुफत मुल्य एग्रो स्थापना कार्यक्रमले कृषक समुदायले तिर्नुपर्ने फिजुल मुल्य घट्नुको साथै समयमै उपयुक्त समग्री पाउने भए गाउँमा स-सानो समस्याको साधन हुने तथा कृषक प्रविधिकहरूको लागि रोजगार स्थापना हुन भएकोले धेरै प्रभावकारी हुने तर्क सहित उपस्थित कृषि तथा पशु शाखाका प्रविधिकहरू खेम राज पौडेल र मिश्र प्रसाद खड्काले यस कार्यक्रमलाई चर्चाको बिषय बनाएको थिए । नवलपरासीमा यस्तो कार्यक्रम प्रथम पटक हुना लागेको तर्क सहित बिभिन्न कार्यक्रम मा सुझाव समेत दिदै कृषक समुदायमा प्रचारप्रसारमा सहयोगी हुने बाचा गर्दै परासी पत्र साप्ताहिका सम्पादक केशप पराजुलीले महासंघलाई धन्यवाद दिनुको साथै खान उपलब्ध गराउने कृषकलाई सम्मानित गराउने राष्ट्रिय कृषक दिवस जेष्ठ २७ गतेका संस्थापक कृषक अगुवा देव धवललाई बिशेष धन्यवाद दिनु भएको थियो । यस कार्यक्रम सहयोगी संचालकको रूपमा रहेको कृषक सेवा समिति रूपन्देहीको प्रबिधिक सम्झना कुमारी चौधरीले जानकारी दिनुभयो ।

ree


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page