कैलाली, कार्तिक २०
स्थानीय कृषकहरूको सहकार्यमा तथा सहभागितामा जिल्ला स्तरीय रूपमा काम गर्ने कृषक सहयोगी संस्था "कृषक बिकास केन्द्र - कैलाली"को स्थापना भएको छ ।
घोडाघोडी नगरपालिकाको वडा नं. ०१मा अवस्थित रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा स्थानीय कृषक सहयोगी संस्था स्थापना सहकार्य समिति - कैलालीले आयोजना गरेको कार्यक्रमलाई यस राष्ट्रिय कृषक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष लगायतका उपस्थितिमा कृषक सहयोगी संस्था स्थापना कार्यक्रम सम्पन्न गरिएको छ ।
घोडाघोडी नगरपालिकाको वडा नं. ०१मा अवस्थित रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा स्थानीय कृषक सहयोगी संस्था स्थापना सहकार्य समिति - कैलालीले आयोजना गरेको कार्यक्रमलाई यस राष्ट्रिय कृयक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष लगायतका कैलाली जिल्ला समन्वय समितिका प्रमुख , नगरपालिका मेयर , वडाध्यक्षको, बुद्धिजीवीहरू, कृषक, कृषक सहयोगीहरूको सम्मानजनक उपस्थितिमा कृषक सहयोगी संस्था स्थापना कार्यक्रम सम्पन्न गरिएको छ ।
कैलालीमा रहेका कृषकहरूको अवस्थाको सुधार गर्दै "कृषक हकहित तथा सम्मान लागि हाम्रो अभियान"को अभियानता समेत गर्नु हुने राष्ट्रिय कृषक महासंघ नेपालको राष्ट्रिय अध्यक्ष श्री देव धवलको मुख्य उपस्थितिमा एक भेला गराई कृषक सहयोगी संस्था स्थापना गर्ने कार्यक्रम सम्मान गरिएको छ ।
यस कार्यक्रमलाई व्यवस्थापन गर्ने समितिले बिभिन्न कार्यालय /समिति/ स्थानीय तह/कृषक सहयोगी अदिलाई निमन्त्रणा गरि कार्यक्रमको उद्घाटनसत्रको खुल्ला मंच समेत व्यवस्थापन गरेको थियो । यस कृषक सहयोगी संस्था बिस्तार कार्यक्रमको उद्घाटनसात्रको प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापा हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिको रूपमा राष्ट्रिय कृषक महासंघ नेपाल अध्यक्ष, घोडाघोडी नगरपालिका अध्यक्ष, घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख तथा अतिथिका रूपमा जिल्ला समन्वय समिति कैलालीकै सदस्य, घोडाघोडी नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष, कृषक बिकास समिति कञ्चनपुरका ईश्वर दत्त जोशी र बसन्ती धामी, कृषक सेवा केन्द्र दाङका बालिका आचार्य, समाजसेवी तारा खड्का, सुसिला खनाल लगायत बिभिन्न मिडियाका पत्रकार एवम् कृषक सहयोगी, प्रबिधिक, स्थानीय तहका कृषक समन्वय समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियोे ।
उद्घाटनसत्रको समापन यस कार्यक्रमको सभापति श्री कमल शाहीले गरेपछि बन्दसत्रमा कार्यक्रम संस्थागत परिचय सहितको छोटो प्रशिक्षण कार्यक्रम प्रोजेक्टको मध्यम बटा देव धवल सरले लिनु भएको थियोे ।
कार्यक्रम अन्तिम सत्रमा भेला १५ सदस्यीय कृषक सहयोग संस्थाको रूपमा "कृषक बिकास केन्द - कैलाली" नामकरण गरेको संस्थाको तदर्थ समिति चयन गरि यस कार्यक्रमलाई पुर्णतः सफल बनाएको हो । यस भेला तदर्थ कार्य समितिको अध्यक्ष श्री कमल शाही सहित सबै स्थानीय तहलाई समेटेर सहभागी मुलुक समिति गठन गरिएको छ ।
तदर्थ समितिका पदाधिकारीहरू:
अध्यक्ष : श्री कमल शाही ( लम्की चुहा नगरपालिका )
उपाध्यक्ष : श्री तारा खड्का ( धनगढी उपमहानगरपालिका )
कोषाध्यक्ष : लक्ष्मी पन्थ ( घोडाघोड नगरपालिका )
सचिव : गिरिजा चौधरी ( लम्की चुहा नगरपालिका )
सहसचिव : देवप्रसाद देवकोटा ( टिकापुर नगरपालिका )
बरिस्ठ सदस्य : यन्जाल चौधरी ( जनकी गाउँपालिका )
सदस्य : पुष्पा चौधरी ( जोशीपुर गाउँपालिका )
सदस्य : धर्मराज जोशी ( मोहनलाल गाउँपालिका )
सदस्य : चुन्नु कठरिया ( बर्दगोरिया गाउँपालिका )
सदस्य : डम्बर सलामी मगर ( गौरिगंगा नगरपालिका )
सदस्य : केशब शाह ( भजानी नगरपालिका )
सदस्य : सुसिला शर्मा ( कैलारी नगरपालिका )
लगायत अन्य सदस्य सहितको समिति गठन गरिए जानकारी कार्यक्रम संचालक भरात शाहीले गराउनु भयो ।
Comentarios