top of page
Writer's pictureNational Farmers Federation Nepal

अवैध रुपमा भित्र्याइएको ९२ खसी बाख्रासहित ३ जना वपक्राउ

बारामा प्रहरीले आइतबार र सोमबार गरी दुई गाडी खसी बाख्रासहित ३ जनालाई पक्राउ गरेको छ। भारतबाट राजश्व छलेर अवैध रुपमा भित्र्याइएको ९२ वटा खसी बाख्रासहित तस्करीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। बाराको महागढीमाई नगरपालिका-१ बाट सोमबार बिहान ४२ वटा खसी बाख्रासहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिक ५ का महम्मद मकबुल र वडा नम्बर ४ का प्रमेन्द्रपसद यादव रहेका छन्। महागढीमाई नगरपालिका वड नम्बर १ मा बिहान ५ बजे भारतबाट ४२ वटा खसी बाख्रा बोकेर आउँदै गरेको बा ३ च ५२३२ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए। चेकजाच गर्ने क्रममा भन्सार राजश्व तिरेको र पशु क्वारेन्टाइनको कागजपत्र नभेटिएकाले खसी बाख्रा सहितको गाडी र गाडीमा सवार मकबुल र चालक यादवलाई नियन्त्रणमा लिइएको उनले बताए। यस्तै आइतबार पनि बाराको कलैयाबाट ४९ वटा खसी र एउटा बाख्रा सहित कलैया उपमहानगरपालिका ९ का शेख अफजललाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले तस्करीको खसी ओसार्न प्रयोग गरिएको बा १७ च ५८६५ नम्बरको बोलेरो पिकअप गाडी पनि नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अफजल , बोलेरो पिकअप गाडीका चालक हुन्। नियमित चेकजाचका क्रममा दुई दिनमा तस्करीको ९४ वटा खसी बाख्रा, तस्करीमा प्रयोग गरिएको दुई वटा गाडी र एक जना व्याक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राठौरले बताए। बरामद गरिएको खसी बाख्रा सहितको गाडी आवश्यक कार्वाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको राठौरले जानकारी दिए। पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको राठौरले बताए।


@Annpurna Post



1 view0 comments

Comments


bottom of page