top of page
Writer's pictureNational Farmers Federation Nepal

अनुसन्धानको चौथो चरणमा कदमको रूख :अनुसन्धानको चौथो चरणमा कदमको रूख :

Updated: Nov 14, 2019

रूपन्देही : असोज १९

परिचय :

कदमलाई कदम्ब पनि भन्ने गरिन्छ । कदम आयुर्वेदिक गुणले भरिएको वृक्ष मध्ये एक महत्त्वपूर्ण वृक्ष हो । यसलाई देवीको भनेर चिनिने गरिन्छ । कदमको फुलको ( Kadamba flowers ) एउटा छुट्टै बिशेषता रहेको छ किनभने प्राचीन कालमा लेखिएको वेद र रचनामा यसको सुगन्धको व्याख्यान गरिएको पाईन्छ । आयुर्वेदमा कदम्बको धेरै जाति यानी, राजकदम्ब, धारा कदम्ब, धूलिकदम्ब तथा भूमिकदम्ब आदि उल्लेख प्राप्त हुने गर्द छन । चरक, सुश्रुत आदि प्राचीन ग्रन्थोंमा कतिपय स्थानमा कदम्बको वर्णन गरिएको भेटिन्छ । कदमको वृक्षमा भगवान कृष्ण बसोबास गर्नेे गरेको मानिन्छ ।

कदमको पात ठुलो तथा पानको पात जस्तै हुन्छ । कदमको वृक्ष २० देखि ४० फिटको अौषत उचाइको हुने गर्दा छ । कदम एक बहुउपयोगी रूख हो । कदमलाई फल उत्पादन गर्नुको साथै काठ उत्पादनमूलक बिरुवाको रूपमा लिन सकिन्छ । कदमको फुल गोलो Spongy र पेहलो रंगको हुन्छ भने काचो फल पात जस्तै हरियो हुन्छ । फल पके पछि पेहलो+ रातो रंगको हुनेगर्छ ।

बहुवर्षे रूखको रूपमा रहेको कदम अौषदीय गुणस्तरीय आगोटेको छ । कदमको अौषद आयु ५० बर्ष मानिएको भए त पनि यसलाई छिटो बढ्ने बिरूवाको रूपमा लिना सकिन्छ । भगवान श्री कृष्णको मन पर्ने वृक्ष रहेको यो कदम धेरै उपयोगी सिद्ध भएको छ ।

माटो :

यो रूख (फल)को व्यवसायी रूपमा खेतीपाती गर्दा उपयुक्त माटोको छनौट गर्नु अति नै अवश्य हुन्छ । कमदको उचित विद्धीबिकासको लागि मलिलो दोमट माटो उपयुक्त मानिन्छ । माटोमा चिस्यान बढी हुने ठाउँमा छिटोभन्दा छिटो वृद्धि बिकास गरेको हुन्छ ।

हावापानी :

समुन्द्री सतह देखि ३०० मिटर उचाइ सम्मान उपयुक्त मानिने यो फलको रूख नेपालको हावापानीमा ७०० मिटरसम्मको उचाइ उचित बिकास गर्ने गरेको पाईन्छ ।

उपयोगीता :

फलको उपयोग : कदमको फलमा धेरै मात्रामा भिटामिन B, B+, B12 लगायत केही अमिलो स्वाद सहित भिटामिन C, C+ तथा केही मात्रा A, K, र P भिटामिन पनि पाइने भएकोले यसलाई खाद्य उपयोगी गरिने गरिएको पाइन्छ ।

१. तरकारी बनाउन मिल्ने

२. आचारको रूपमा बजारीकरण गर्न मिल्ने

३. अौषदीको रूपमा प्रयोग गर्न मिल्ने

४. फलको रूपमा पाकेको कदम प्रयोग गर्न सकिने

५. जैविक न्युटर्यन्स बनाउन मिल्ने

बिरूवाको उपयोग : छिटै बढ्ने भएको हुनाले यसको काठले उत्पादन क्षमता बाढी देखिन्छ । छोटो समयमा काटेर फर्निचर बनाउन मिल्छ । कदमको काठमा सुन्दरता बढी आउने भएकोले सजिलैसँग डिजाइन गरिए फर्निचर तयार गर्ने गरिएको पाइन्छ ।


Kadambको अन्य नाम विभिन्न भाषामा -

कदम्बको वानस्पतिक नाम : Anthocephalus cadamba (Roxb.) Miq. (एंथोसिफेलस कदंब)

Syn-Nauclea cadamba Roxb., Neolamarckia cadamba (Roxb.) Bosser हो । यो Rubiaceae (रूबिएसी) कुलको हो । यसलाई अंग्रेजीमा Wild Cinchona (वाइल्ड सिन्कोना) भनिन्छ ।

एसियाली मुलुकको विभिन्न स्थानमा भिन्न भिन्न नाम चिन्ने गरेको पाईन्छ ।

जस्तैः

Sanskrit-नीप, प्रियक, कदम्ब, वृत्तपुष्प, हलिप्रिय; Hindi-कदम, कदम्ब; Odia-कदम्बो (Kadambo), नीपो (Nipo); Kannada–कडुवे (Kaduwe), कदावली (Kadawali); Gujrati –कदम्ब (Kadamb), कदम्बा (Kadamba); Teluguकदंबमु (Kadambamu), तुद्रा (Tudra); Tamil-वेल्लाकदम्ब (Vellakadamb); Bengali-कदम (Kadam), कलम्ब (Kalamb), बोलकदम (Bolkadam); Nepali-कदम (Kadam); Marathi-कदम्ब (Kadamb), कलम्ब (Kalamb); Malayalam–अट्टुट्टेक्का (Attuttekka), कटम्पु (Katampu)। English-कदम (Kadam), चायनीज एंथोसिफेलस (Chinese anthocephalus), कॉमन बर-फ्लावर ट्री (Common bur-flower tree)

कदमको उपयोग :

कदम्बको फल खांसी, जलन, योनिरोग (वैजाइना संबंधि रोग), मूत्रकृच्छ्र (मूत्र संबंधी रोग), रक्तपित्त (नाक-कान बाट खून निकलदा), अतिसार (दस्त), प्रमेह (डायबिटीज), मेदोरोग ( मोटोपना ) तथा कृमिरोग नाशक हुन्छ ।

कदम्बको पात कड़वे, छोटे, भूख बढ़ाउन सहायोगि हुनुको साथै अतिसार वा दस्तमा फाइदा पुर्‍याउने हुन्छ ।

कदम्बको फाइदा ( Benefits and Uses of Kadamb Tree )

कदम्बको अनगिनति गुणोंका आधारमा यसको फायदे पनि अनगिनति रहेको पाईन्छ । अब कदम्ब (kadamba) आफ्नो गुणोंको आधारमा कुन-कुन बीमारिमा कसरी प्रयोग आउने हुन्छ -

आंखोंको बीमारीका लागि कदम्बको फाइदा/प्रयोग (Uses of Kadamba Tree to Treat Eye Disease ) :

दिन भरि काम गरेपछि आखामा पिडा हुने ( दर्द ) हुने शिकायत प्राय सबैलाई हुन्छ । कदम्बको वृक्षको बोक्रा ( छाल )लाई राम्रो संग मसिनो हुने गरि पिसेर छन्नुपर्छ र यश बाट प्राप्त हुने रसलाई आखाको बाहिरी भागमा चारैतिर राम्रोसँग लगाउँदा आखाको दर्द वा जलान कम हुनेगर्छ ।

पाइरियामा कदम्बको फल (Kadam Fruit for Pyrrohoea)

मुख गानाउने भए कदमको काढ़ा बनाई कुल्ला ( गरारा ) गरेमा मुखको गन्ध सकिन्छ तथा पूयदंत (पाइरिया)आदि बीमारिमा फाइदा पुर्‍याउनु को साथै विभिन्न भिटामिनको कमीले मुखमा हुने खटिरा / घाउमा यो काढा धेरै उपयोगी हुने गरेको पाईन्छ ।

मूत्र सम्बन्धि बीमारीलाई कदमको फाइदा (Kadambu Benefits in Dysuria) मूत्र सम्बन्धि बिमारीमा पिसाब गर्दा पोल्ने दुख्ने हुन्छ या रोकि-रोकि पिसाब आउने जस्तो समस्या हुन्छ भने कदमको सेवन बहुत बाट धेरै फाइदा हुने हुन्छ ।

व्यक्तिगत एवम् व्यवसायीक रूपले काठ उत्पादनमा सहयोगी हुने कदमको बोट ओम सतिया गाउँपालिका वडा नम्बर छ मा लगाई कृषक अगुवा देव धवलको रोहवरमा अनुसन्धान गर्दैगरेको चार बर्ष पुरा भएको छ ।

69 views0 comments

Comments


bottom of page