top of page

अन्तर्राष्ट्रिय सहनशीलता दिवसको अवसारमा सहनशक्ति अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम 

  • Writer: कृषक सहयोगी खबर
    कृषक सहयोगी खबर
  • Nov 16, 2019
  • 2 min read

रूपन्देही , ३०-कार्तिक "कर्म गरे फल पाईन्छ, माफी दिई सन्तुष्टि पाईन्छ" भन्ने अत्मबिस्वाशका साथ कृषक सेवा समितिको रूपन्देहीको आयोजनामा बुटवलको ट्राफिक चोक स्थित रहेको होटल ताजमहलको सभा हलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रमको सभापति श्री डिबी रानामगरले गर्नुभएको थियोे भने प्रमुख अतिथिको रूपमा कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियानको अभियानताको रूपमा रहेर काम गर्दै आउनुभयो बिभिन्न कृषक सहयोगी संस्थाको संस्थापक श्री देव धवलले गर्नुभएको थियोे । युवा समुहको व्यक्तिलाई लक्ष्यित गरि गरेको योजना कार्यक्रममा बोल्दै कृषक सेवा समिति रूपन्देहीका उपाध्यक्ष श्री सुमन चौधरीले भन्न भयो कि युवाको रगत छिटै तातिने तथा आफुलाई समहलना नसक्ने अवस्था बढी सृजना भएको हुनाले युवा समुदायलाई लक्षित गरिएको हो ।

सयौंको संख्यामा रहेको युवाहरूले कृषक अगुवा देव जी को प्रसंसा गरेपछि धवलले अन्तरक्रिया कै रूपमा छलफल गर्ने क्रममा भन्नुभयो कि "हामी जस्तोसुकै काम गरे नी एक न एक दिन यो दुनियाँलाई छोडेर जान्छौं अर्थात मर्नुपर्छ भन्ने कुरा सबै जानकारी नै छ , भने हामी किन अतिने ? इर्सा / घमण्ड किन गर्ने ? के को लागि गर्ने ? के हामी कहिले बिचार गरेको छौँ , हामीले भन्ने गरेको त्यो अशव्द वक्तव्य हामी आफैंलाई कस्तो लाग्छ ? जसले यो बुझ्ने छ कि यो दुनियाँ कृषकले दिएको गास, बास र कपासको मुल आधारमा टिकेको छ भनेर उ कहिले अर्को नराम्रो गर्ने छैन । हुना त बिपत्ति र पिडा सहन नसकेर हामी आतेर प्रतिक्रिया दिन्छौं तर पछि पछुतो हुने गर्दा छ । त्यस्ता काम गर्नुभन्दा पहिला नै बिचार पुर्‍याउने र म बटा त्यहीँ गलती भएको भए के हुन्थ्यो, चिन्तन गर्ने अनि मात्रै प्रतिक्रिया दिने । कुनै काम गर्दा भएको गलती कसको हो पुर्णतया नबुझी नसम्झी नरम रूपमा दिने प्रतिक्रियावाद नगर्ने । झन अपात बिपत्ति परेको बेला त सन्त शिष्ट भाषा तथा बोलीको प्रयोग गर्ने " भन्न शिक्षामुलुक संदेशलाई जोड्दै छलफल गराउनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रूपमा रहनु भएको वडा अध्यक्ष लगायत समाजसेवी बुद्धिजीवीहरूले गरेको गलती र त्यसको परिणाम बारे भएको क्रियाकलाप सहितको आ-आफ्नो अनुभव सुनाउँदै सहने शक्तिको बिकास गर्नु भनेकै समाज बिकास गर्नु हो भन्न तर्कलाई जोड दिदै सबैले बिचार प्रस्तुत गरेका थिए । साझा ५ बजेसम्म चलेको यो कार्यक्रम नास्ता गरेपछि कार्यक्रम सभापति बाटै समापन गरिए थियो ।


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page